सानोठिमी — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ। सैद्धान्तिक परीक्षा जेठको दोस्रो सातादेखि सुरु हुनेछ।
विद्यार्थीले प्रवेशपत्र सम्बन्धित विद्यालयबाट लिनुपर्नेछ। प्रयोगात्मक परीक्षाको तालिका विद्यालयले तोक्नेछ।
बोर्डले परीक्षा केन्द्रमा मोबाइल फोन र नक्कल सामग्री निषेध गरेको छ। तालिका बोर्डको वेबसाइटमा राखिएको छ।