कीर्तिपुर — त्रिभुवन विश्वविद्यालयले स्नातक तहका विभिन्न कार्यक्रमका लागि भर्ना आवेदन खुलाएको छ।

आवेदकले कक्षा १२ वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ। केही विषयमा प्रवेश परीक्षा हुने विश्वविद्यालयले जनाएको छ।

शुल्क, कोटा र क्याम्पसको सूची आधिकारिक सूचनामा उल्लेख छ। म्याद नाघेपछि फाराम स्वीकृत नहुने भएकाले विद्यार्थीलाई समयमै आवेदन दिन सुझाव दिइएको छ।