काठमाडौं — शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयका प्राथमिक र निम्न माध्यमिक तहका रिक्त दरबन्दी पूर्ति गर्न आवेदन आह्वान गरेको छ।

आवेदकले तोकिएको शैक्षिक योग्यता र अध्यापन अनुमतिपत्र पेश गर्नुपर्नेछ। छनोट लिखित परीक्षा र अन्तर्वार्ताका आधारमा हुनेछ।

विज्ञापन नम्बर, शुल्क र म्याद आयोगको सूचनामा उल्लेख छ। इच्छुक उम्मेदवारलाई आधिकारिक पोर्टलबाट मात्र फाराम भर्न आग्रह गरिएको छ।